कुख्यात ‘मानवतस्कर’ सुनबहादुर पक्राउ


काठमाडौं – कुख्यात मानव तस्कर सुनबहादुर तामाङ पक्राउ परेका छन्। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदी घर भएका ५५ वर्षीय सुनबहादुरलाई प्रहरीले काठमाडौंको माकलबारीबाट ठगीको आरोपमा पक्राउ परेका हुन् ।

यसअघि पटकपटक मानव बेचबिखनको आरोपमा पक्राउ पर्दै छुट्दै गरेका पूर्व वडाध्यक्ष समेत रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

जापान पठाउने भन्दै उनले एक महिलाबाट १२ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरी परेपछि पक्राउ गरिको हो। जापानमा मासिक १ लाख कमाइ हुने गरी कृषि काममा र पठाइदिने र त्यसका लागि १२ लाख लाग्ने भन्दै रकम लिएर उनले ठगी गरेको पाइएको छ।

पक्राउ परेका सुनबहादुरलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। सुनबहादुरले यसअघि २ सयभन्दा बढी नेपाली चेलीहरुलाई भारत लगेर बेचेको आरोप लागेको थियो।

प्रतिक्रिया