‘घुमौं लुम्बिनी टिकटक च्यालेन्ज’ प्रतियोगिताका विजेता पुरस्कृत


काठमाडौं लुम्बिनी विकास कोष नेपाल पर्यटन बोर्डले  संयुक्त रुपमा आयोजना गरेको लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिता २०२३ को विजेतालाई पुरस्कृत गरिएको

गौतम बुद्धको जन्मस्थल लुम्बिनी यसको सेरोफेरोमा रहेका संस्कृति, पर्यटन, भेषभुषा लगायतका सबै कुरा समेटर लुम्बिनीको महत्व झल्काउने गरी छोटो समयमा अत्याधिक धेरै व्यक्तिहरु माझ पुग्ने उद्देश्यका साथ वैशाख १० देखि जेठ २० सम्मको समयावधि निर्धारण गरि गरिएको प्रतियोगीहरुमध्येबाट विजेताहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पुरस्कार प्रदान गरेका हुन्

नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न भएको उक्त पुरस्कार वितरण समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रि माननीय शुशिला श्रीपाली ठकुरीले आफ्नो मन्तब्य राख्दै लुम्बिनी राष्ट्रको अमुल्य हिरा भएको तर यसको महत्व प्रभावकारी रुपमा बिश्वसामु फैलाउन नसकेको कुरा स्वीकार गर्दै प्रतियोगितामा भाग लिने सबैलाई बिशेष धन्यबाद तथा बधाई ज्ञापन गरेकी थिइन्

सोही कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड का प्रमुख कार्यकारी डा. धनन्जय रेग्मीले अहिलेको जमाना टिकटकको भएकोले यस प्रतियोगिताले लुम्बिनीको पर्यटन प्रबर्दनमा टेवा पुग्ने कुरामा आफु बिश्वस्त भएको बताएका छन्

लुम्बिनी बिकास कोषका सदस्य सचिब सानुराजा शाक्यले टिकटकको छोटोछोटो भिडियोबाट धेरै जानकारी पाउने युगमा आफु धेरै बोल्न नचाहने बताउँदै सम्पूर्ण बिजेता सहभागीहरुलाई लुम्बिनीको महत्वको बिषयमा करोड भन्दा धेरै व्यक्तिको माझ एकै पटक पूर्याउन महत्वपुर्ण भूमिका खेलेकोमा बिशेष धन्यबाद दिँदै प्रतियोगिता गर्ने जिम्मा लिएर सफलता पुर्वक सम्पन्न गराएकोमा इरु टेक प्रा लि लाइ अझ बिशेष धन्यबाद प्रदान गरे

प्रतियोगिताको महत्व, यसबाट भएको उपलब्धि, बिजेता छनौटको प्रक्रिया लगायतका बिषयमा बिजय बराकोटीले विस्तारमा जानकारी गराएको यस कार्यक्रममा माननीय मन्त्री सुदन किरातीले आयोजक संस्थाहरू, प्रतियोगितामा सहभागी सम्पुर्ण प्रतियोगीहरुलाई आयोजना सम्पन्न गर्न सहयोगी भूमिका खेलेकोमा इरुटेक लगायत सबै संस्थाहरुलाई बिशेष धन्यबाद दिँदै यस टिकटक च्यालेन्ज प्रतियोगिता प्रभावकारी रुपमा सम्पन्न भएकोमा आफु सन्तुष्ट रहेको बिजेतालाई थोरै भएपनि पुरस्कार राशीबाट हौसला बृद्दी गर्न सकेकोमा आफु हर्षित रहेको जानकारी गराए

 

प्रतिक्रिया