सशस्त्र प्रहरी बलको इज्जतमै ‘दाग’ लगाउने इन्स्पेक्टर राईको कुकर्म

'पीडा' देखाउन 'लाज' छोप्न बिर्सिएका विवश 'सिपाही'


सशस्त्र प्रहरी । मुलुकको सीमा सुरक्षाका लागि सरकारले खटाएको सबैभन्दा भरपर्दो दस्ता । बेलबखत सिमामा हुने तस्करसँगको भिडन्तमा ज्यान जाने उत्तिकै डर । त्यहीमाथि आफ्नै संगठनका सिनियरबाट ‘गोरु चुटाई’ भोग्नु कस्तो नियति ?

घटना हो– पूर्वी नेपालको झापास्थित नकलबन्द नाका । नाकामा ड्युटी गरिरहेको अवस्थामा त्यही नियति भोगे मंगलबार राति सशस्त्र प्रहरी हवल्दार पासाङ तामाङ, जवान रामबहादुर कार्की, गणेश तामाङ र शान्तकुमार राईले ।

मिलेमतोमा एक हल गोरु तस्करी गरेको आरोपमा सादा पोशाकका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) नमप्रभाव राईले ड्युटीमा पासाङसहितका अन्दाधुन्ध कुटपिट गरे । पद र पावरले उन्मत्त इन्स्पेक्टर नवप्रभावले एक घन्टासम्म बाँसको भाटाले कुटे । नकलबन्दा नाकाका इन्चार्ज सई माधव खत्रीलाई पनि नटेर्दै इन्स्पेक्टर राईले मेची खोलामा चोबल्दै ती चारजनालाई कुटपिट गरेको जनाइएको छ ।

पोशाकमा रहेका प्रहरीलाई सादा पोशाकका व्यक्तिले कुटपिट गरेको देखेपछि स्थानीयहरु उठेर गएर उनीहरुलाई बचाएका थिए । यदि स्थानीयहरु समयमै उपस्थित नभएको भए उन्मत्त इन्स्पेक्टर राईले उनीहरुलाई कतिबेरसम्म कस्तो अवस्था बनाउँदासम्म कुट्थे त्यो प्रश्न यत्तिकै छ ।

इन्स्पेक्टर राईले ड्युटीमा नरहेका प्रहरीलाई पनि पोशाक लगाउन लगाएर मेची खोलामा लगेर कुटेको पीडित एवं स्थानीयहरुले जनाएका छन् । कुटाई खाएका एक प्रहरीले इन्स्पेक्टर राईले सुरुमा हेल्मेटले अनि खोलामा पुर्याएपछि पानीमा चोपल्दै बाँसको भाटाले हानेको बताएका छन् । इन्स्पेक्टर राई सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाका साथ त्यस स्थानमा गएका थिए । सहकर्मी कुट्नका लागि तामाङ र बास्तोलाले पनि इन्स्पेक्टर राईलाई साथ दिएको स्थानीयले जनाएका छन् ।

लाजलाई पीडाले छोपि रहँदा त्यस फोटो हेर्दा सिनियरहरु एवं संगठनको नेतृत्व गरेकालाई लाज लाग्नुपर्ने हो । जहाँ संगठनको आधिकारिक पोशाक लगाएर ड्युटी गरिरहेको एउटा प्रहरीले बिना लाज र संकोच भित्रिबस्त्रसम्म खोल्न बाध्य छ, पीडा र चोट देखाउनका लागि । यसबाट ती व्यक्तिले लाज मान्ने भन्दा पनि संगठनकै इज्जतमा दाग लागेको छ । आफ्नै हाकिमबाट खाएको कुटाइको चोट देखाउन आफ्नै संगठनले दिएको पोशाक खोल्नुपर्ने विवशता भोगेका छन् ।

स्थानीयहरु र अन्य प्रहरीहरु भेला भइसकेपछि उनले आफ्नो शरिरमा भएको चोट लुगा खोलेरै देखाएका छन् । उनले लुगा खोल्दै गर्दा खिचिएको एक दर्दनाक तस्बिर देख्दा जो कोहीको पनि मन रुन्छ । एउटा सुरक्षा कर्मी जसले देशको सीमा जोगाउनका लागि रात दिन नभनी ड्युटी गरिरहन्छ उसलाई संरक्षण गर्नुपर्ने उसैको संगठनको सिनियरले जस्तो किसिमको व्यवहार गर्नु कतिसम्मको नैतिकहीन कार्य हो ? उसले आगामी दिनमा कसरी सशस्त्र प्रहरीको पोशाकमा ड्युटी गर्छ ? त्यसको उत्तर संगठनको नेतृत्व गरिरहेकाहरुले गर्नुपर्छ ।

कुनै पनि व्यक्तिले आफूले पीडा भोग्दा कुनै लाज, घिन हुँदैन भन्ने कुरा कुटाई खाएपछि ती प्रहरीले घाउ देखाएको घटनामा पुष्टी हुन्छ । लाजलाई पीडाले छोपि रहँदा त्यस फोटो हेर्दा सिनियरहरु एवं संगठनको नेतृत्व गरेकालाई लाज लाग्नुपर्ने हो । जहाँ संगठनको आधिकारिक पोशाक लगाएर ड्युटी गरिरहेको एउटा प्रहरीले बिना लाज र संकोच भित्रिबस्त्रसम्म खोल्न बाध्य छ, पीडा र चोट देखाउनका लागि । यसबाट ती व्यक्तिले लाज मान्ने भन्दा पनि संगठनकै इज्जतमा दाग लागेको छ । आफ्नै हाकिमबाट खाएको कुटाइको चोट देखाउन आफ्नै संगठनले दिएको पोशाक खोल्नुपर्ने विवशता भोगेका छन् ।

हुन त, घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बल मुख्यालय सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सीपी) गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ । उक्त समितिले अनुसन्धान सुरु गरिसकेको जनाइएको छ । घटनामा दोषी देखिएका भनिएका इन्स्पेक्टर राई पूर्वमुख्यमन्त्री शेरधन राईका भतिजा हुन् भन्ने सञ्चारमाध्यममा आइरहेका बेला त्यस सम्बन्धले अनुसन्धानमा प्रभाव नपारोस् ।

प्रतिक्रिया