दाङबाट राेल्पा जाँदै गरेको जीप दुर्घटना, घाइते १० मध्ये ६ को अवस्था गम्भीर


दाङ – दाङमा यात्रुवाहक जीप दुर्घटना भएको छ।

शुक्रबार बिहान तुलसीपुरदेखि रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका-३ शिरखोलामा दुर्घटना भएको हो।

जिप सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

दुर्घटनामा दस जना घाइते भएका उनले बताए। तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि डिएसपी मल्लले जानकारी दिए।

घाइते सबैलाई उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको छ ।

प्रहरीले तीव्र गतिका कारण जीप दुर्घटनामा परेको अनुमान गरेको छ। यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए। केही दिन पहिले पनि यही ठाउँमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया