

नक्कली शरणार्थी प्रकरण : प्रतिवादीको तर्फबाट बहस सकियो, भोलि जवाफी बहस

काठमाडौं – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दे करोडौं रुपैया ठगी गरेको आरोपमा सं संलग्न रहेको अभियोग लागेका सबै प्रतिवादीको तर्फबाट बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा जेठ २१ गतेदेखी सुरुभएको प्रतिवादीको वहस हाज बिहिबार सकिएको हो ।
नक्कली शरनार्थी प्रकरणमा प्रहरीले लामो अनुसन्धानपछि ३३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेकोमा ३० सरकारी वकिलको कार्यालय काठमाडौंले ३० जना विरुद्ध मुद्दा दायर गरेको थियो जसमध्ये प्रहरी नियन्त्रणमा रहेका १८ जना प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस सकेका हुन् ।
भोली (शुक्रबार) जवाफी वहस हुने जनाइएको छ । त्यसपछि थुनामा राख्ने कि छाड्ने भन्ने फैसला आउने छ ।

