

समाजवादी मोर्चा निर्माणबारे प्रचण्डसँग निर्णायक छलफल गर्दै बाबुराम

काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा। बाबुराम भट्टराईले समाजवादी मोर्चा निर्माणबारे प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निर्णायक छलफल गर्ने भएका छन्।
मोर्चा घोषणाको तयारीमा रहेका प्रचण्डसँग बिहीबार साँझ भट्टराईले निर्णायक छलफल गर्ने बताइएको छ। स्रोतका अनुसार बिहीबार साँझ कुरा गरेर मोर्चा घोषणा मिति तय गर्ने भएको छ। प्रचण्डले बुधबार दाङ पुगेर मोर्चा घोषणा छिटो हुने बताएका थिए।
यद्यपि नेकपा माओवादी केन्द्रका कार्यालय सचिव डोर प्रसाद उपाध्यायले मोर्चा घोषणाबारे उच्चस्तरमा छलफल भइरहे पनि मिति तय भइ नसकेको बताए।

