

नेपालमा ९ महिनायताकै न्यून नयाँ कोरोना संक्रमित, ५७ संक्रमित १३३ कोरोनामुक्त

काठमाडौं – गत २४ घन्टामा नेपालमा पछिल्लो ९ महिनामै सबैभन्दा कम कोरोना संक्रमित देखिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५७ जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६१४ पुगेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा एक जनाले पनि कोरोनाका कारण ज्यान गुमाएका छैनन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा १ सय ३३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ९ सय २९ पुगेको छ ।
पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख १३ हजार ५४९ जनाको पीसीआर परिक्षण गरिएको छ ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा १६३१ रहेका छन् भने ८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

