
एउटा फौजी कर्मचारीको अकालमै मृत्यु, सशस्त्रका हाकिमकै भूमिका शंकास्पद
हबल्दार अधिकारीलाई उपप्रधानमन्त्रीकी बुहारीको निजी चालक बनाएर कसले सुर्खेत पठायो ?
काठमाडौं – गत मंगलबार राति बाँकेको राप्ती सोनारी गाउँपालिका ८, अगैयादेखि पश्चिम मुगुवा खोलानजिकै पूर्व–पश्चिम राजमार्गमा बस र कार ठोक्कियो । नेपालगञ्जबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको भे १ ख ३३३५ नम्बरको बस र पूर्वबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको निजी कार ठोक्किँदा कारमा सवार दुवै जनाको ज्यान गयो ।
बाँके प्रहरीका अनुसार उक्त दुर्घटनामा सुर्खेत निवासी ५४ वर्षीया डा. सञ्जु खाती (खड्का) र गोरखाका ३७ वर्षीय सुवास अधिकारीको ज्यान गएको हो । मृत्यु भएका डा. खाती वर्तमान सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी हुन् भने अधिकारी सशस्त्र प्रहरी वरिष्ठ सहायक हवल्दार रहेको खुलेको छ ।
स्वंयम् रक्षामन्त्रीको सेवामा सैनिक सुरक्षाकर्मीबाहेक सशस्त्र प्रहरी खटिँदैनन् । त्यस्तै डा. सञ्जु सशस्त्र सुरक्षा फौजसँग कुनै कोणबाट नजिक छैनन् । त्यसैले हबल्दार अधिकारीलाई कसले सवारी चलाएर खड्कालाई सुर्खेत पुर्याउन पठायो ? उनको ड्युटीमा अधिकारीलाई कसरी र कसले खटायो ? कुन प्रायोजनको लागि खटाइयो ? यो प्रष्ट खुलेको छैन ।
अधिकारीलाई कुन मापदण्ड, नीति र निर्देशिकामा टेकेर कसले मन्त्रीको बुहारीलाई सुर्खेत पुर्याउन गाडी चालकको रुपमा खटायो भन्ने विषयले सशस्त्र मुख्यालय हल्चोकको वातावरण निकै गर्माएको छ । कुनैपनि नियम र कानुनमा उनको ड्युटी कहाँ हो भन्ने कुरो उल्लेख नभएकाले अधिकारीलाई नीति विपरीत खटाइएकोमा दुईमत छैन ।
गोरखाका अधिकारीलाई कसले, किन व्यक्तिको निजी कार हाँक्ने प्रयोजनमा चालकको रुपमा खटायो भन्ने सशस्त्रका कुनै पनि युनिटमा अभिलेख समेत छैन । एउटा सुरक्षाकर्मीले कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेको हो भने कसको सेवामा खट्दा र कसको ड्युटीमा भन्ने स्पष्ट हुनुपर्छ । अधिकारीको हकमा त्यो देखिँदैन ।
अधिकारीलाई कुन मापदण्ड, नीति र निर्देशिकामा टेकेर कसले मन्त्रीको बुहारीलाई सुर्खेत पुर्याउन गाडी चालकको रुपमा खटायो भन्ने विषयले सशस्त्र मुख्यालय हल्चोकको वातावरण निकै गर्माएको छ । कुनैपनि नियम र कानुनमा उनको ड्युटी कहाँ हो भन्ने कुरो उल्लेख नभएकाले अधिकारीलाई नीति विपरीत खटाइएकोमा दुईमत छैन ।
कार दुर्घटनाग्रस्त भएपछि सुरक्षा फौजका टाठाबाठाले जनताका छोराछोरीलाई कसरी ठूलाबडाको चाकडीमा प्रयोग गर्ने गरेका छन् भन्ने प्रष्ट भएको छ । यसरी कोही कसैलाई खुशी बनाउन प्रभाव र पदको दुरुपयोग गरेर जनताका छोराछोरीलाई नियम विपरीत खटाउने यस्तो हर्कत किन गरियो ?
यस विषयमा बुझ्न सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता एवंम् सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्कालाई सम्पर्क गर्दा सम्पर्कमै आएनन् । त्यस्तै लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी) विदुर खड्काले यस विषयमा बुझ्नैपर्ने भन्दै धेरै कुरा गरेनन् । उनले भने, ‘अहिले नेपालगञ्जमै छु । यस विषयमा के भएको हो बुझ्दैछु । पछि भनौंला नि ल ।’
किन र कसको निर्देशनमा मृतक हबल्दार अधिकारीलाई एउटा व्यक्तिको गाडी चालक बनाएर पठाइयो ? वास्तविक कुरा के हो ? सशस्त्र प्रहरीले प्रष्ट पार्नुपर्ने हुन्छ । तर, यस विषयमा सशस्त्र प्रहरीका हाकिमहरुको भूमिका शंकास्पद देखिएको छ । यस विषयलाई गुपचुप राख्न सशस्त्र प्रहरीले आफ्नो कसरत गरिरहेको प्रष्ट छ ।
एउटा फौजी कर्मचारीले अकालमा मृत्युवरण गर्नुपर्यो । दुर्घटनापछि उत्पन्न परिस्थितिले पीडितको परिवारमा परेको कहालीलाग्दो बज्रपातको जिम्मेवारी कसले लिने ? अनि क्षतिपूर्ति कसले दिने ? र, कति दिने ? उक्त दुर्घटनाले यस्तै खालका यक्ष प्रश्नलाई उजागर गरिदिएको छ । अकल्पनीय र अप्रत्यासित घटना भएपछि यो विषय निकै पेचिलो बनेको छ ।
उक्त दुर्घटनामा अन्य ६ जना समेत घाइते भएका छन् । उनीहरुको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले छ ।
… र यो पनि
बाँके दुर्घटनामा ज्यान गुमाउने अधिकारी उपप्रधानमन्त्री खड्काकै सवारीचालक !



कागजपत्र |
