भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई जना सशस्त्र प्रहरी घाइते


काठमाडौं– नेपाली भूमिमा उत्खनन् गरिरहेका भारतीय बालुवा तस्करसँग भएको झडपमा सशस्त्र प्रहरीका दुई जना घाइते भएका छन् ।

घाइते भएका सशस्त्र प्रहरीका २४ वर्षीय आयुष राय यादव र २५ वर्षीय नरेश यादवको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

आयुषको देब्रे कानमा चोट लागेको छ । कानमा १८ वटा टाँका लगाइएको छ। नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको छ।

पर्सास्थित ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजादै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिएपछि झडप भएको थियो। पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडारीमा उक्त खोला पर्दछ।

प्रतिक्रिया