

सबै आइसोलेशन खाली, वातावरण सहज भएपछि पुनः पुरानै लयमा

काठमाडौं – तनहूमा कोभिड–१९ बाट सङ्क्रमित भएकाको उपचारका लागि निर्माण गरिएको सबै आइसोलेसनकक्ष खाली भएका छन् । जिल्लामा मङ्गलबार दुई जना थपिएसँगै २२ जना रहे पनि उनीहरु होम आइसोलेशनमा रहेका छन् ।
कोरोनाको जोखिम घट्दै गएपछि पेशा व्यवसाय, उद्योगधन्दा, कार्यालय, विद्यालय, सवारी साधन पुनः पुरानै लयमा फर्किसकेका छन् ।
कोभिड–१९ का कारण सबै क्षेत्रमा असर पर्दा सबैले नोक्सान व्योर्हनुपरेको दमौलीमा मनकामना फोटो स्टुडियो सञ्चालन गर्दै आएका व्यवसायी लक्ष्मण आलेले बताए । वातावरण सहज बन्दै गएपछि राहतको महसुस हुन थालेको छ ।

