लागूऔषधसहित धनगढीबाट एक जना पक्राउ


धनगढी – कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सारबाट लागूऔषधसहित २२ वर्षीय दिनेश अर्खाली मगर पक्राउ परेका हुन् ।

उनी ४ ग्राम लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । चुरे गाउँपालिका–५ खानिडाँडाका मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया