सांसद गौतमले तोडे अनसन, ११ बुँदे सहमति


बर्दिया – प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले आफ्नो अनसन तोडेका छन्। ‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित विभिन्न १५ बुँदे माग राखेर गत वैशाख ३० गतेबाट बर्दियास्थित बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुल (भत्किएको) मुनि गौतमले अनसन सुरु गरेका थिए ।

अनसन तोडाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नै बर्दिया पुगेका थिए । दुई पक्षबीच बारबर्दिया नगरपालिका–११ स्थित अनसनरत स्थलमा वार्ता भई ११ बुँदे सहमति भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हिकमतबहादुर बोहराका अनुसार सहमतिपछि दिउँसो ३ः३० बजेबाट गौतम अनसन स्थगन गरेका छन् ।

प्रतिक्रिया