पत्रकारलाई खोप लगाउन सूचनाको पास नचाहिने, सहभागी हुन मन्त्रालयद्वारा पुनः आह्वान (सूचनासहित)


काठमाडौं– स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाउन पुनः आह्वान गरेको छ ।

मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सबै सरकारी कार्यालय, सार्वजनिक संस्था तथा बैंकका कर्मचारी, पत्रकारहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधीहरु, सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंसेवक, एम्बुलेन्स तथा शवबाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाउन पुनः आह्वान गरेको छ ।

मन्त्रालयका अनुसार प्रथम चरणका लागि र दोस्रो चरणमा खोपका लागि परेका सबैलाई आ–आप्mनो कार्यालयको परिचयपत्रका साथ सम्बन्धित खोप केन्द्रहरुमा खोप लगाउन जानका लागि आह्वान गरेको हो ।

मन्त्रालयले यसअघि दोस्रो चरणमा खोप लगाउनका लागि पत्रकारलाई सूचना विभागद्वारा जारी पास अनिवार्य गरेपनि यस सूचनामार्फत् भने कार्यालयको परिचयपत्रका आधारमा खोप लगाउन पाइने उल्लेख गरेको छ ।

स्वास्थ्य मन्त्रालय

प्रतिक्रिया