

भ्रष्टाचारविरुद्ध सडकमा कविता वाचन गरिने

धनगढी – प्रदेशको अस्थायी राजधानी धनगढीमा भ्रष्टाचारविरुद्ध सडकमा कविता वाचन गरिने भएको छ ।
जेठ ६ गते,शनिवार साँझ ४:३० मा धनगढी पार्कमोडमा भ्रष्टाचारविरुद्ध कविता वाचन गरिने आयोजक सृजनशील मञ्च सुदूरपश्चिमले जनाएको छ ।
कार्यक्रममा भ्रष्टाचारविरुद्ध लेखिएका कविता वाचन गरेर भ्रष्टाचार विरुद्ध एक्यवद्धता जनाइने आयोजकले जनाएको छ ।

