

नेकपा नेत्री रामकुमारी झाँक्री प्रहरी नियन्त्रणमा

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाँक्रीले गिरफ्तारी दिएकी छन्।
प्रहरीले झाँक्रीलाई राज्यविरूद्धको कसुर दफा ५८ अनुसारको पक्राउ पुर्जी बुझाएको थियो। घरभित्र झाँक्रीलाई भेटेर प्र्रहरीका अधिकारीले उक्त पुर्जी बुझाएका थियो।
घरअगाडि कार्यकर्ताको ठूलो भिडलाई गिरफ्तारीका क्रममा सम्बोधन गरेकी छन्।
यसैबीच, प्रहरी अपराध महाशाखाबाट खटिएका एक जना सादा पोशाकका प्रहरीलाई नेकपा कार्यकर्ताले कुटपिट गरेका थिए।

