चट्याङ लागेर दार्चुलामा तीन जना घाइते


दार्चुला – दार्चुलामा चट्याङ लागेर तीन जना घाइते भएका छन् । व्यास गाउँपालिका-२ हुम्दुङतीस्थित पाटनमा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा चट्याङ लागेर तीन जना संकलक घाइते भएका हुन् ।

शनिबार राति करिब ८ बजेतिर हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलकहरु घाइते भएको प्रहरिले जनाएको छ । चट्याङ लागेर दुहुँ गाउँपालिका-२ हिकिलाका १८ वर्षीय महेश बडाल,  सोही गाउँपालिका- १ पिपलचौरी बस्पालीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन् ।

दार्चुला प्रहरीका अनुसार हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट दुम्लिङबाट प्रहरी साहयक निरीक्षक नारायण विष्टको टोली घटनास्थलमा खटिएको छ ।

प्रतिक्रिया