नाकको प्वालमा लागुऔषध लुकाएर तस्करी गर्ने बब्लु पक्राउ


काठमाडौं – नाकको प्वालमा लागुऔषध लुकाएर तस्करी गर्दै गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बर्दियाको बढैयाताल–८ कण्ठपुरबाट गुलरिया नगरपालिका बस्ने बब्लु राढलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट नाकको प्वालमा सेतो प्लास्टिकको पुडियामा राखिएको २८० ग्राम खैरो रङको ब्राउन सुगर जस्तो  देखिने धुलो पदार्थ बरामद गरिएको छ ।

राढलाई बिहीबार बर्दिया जिल्ला अदालतमा पेस गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

प्रतिक्रिया