संघीय गठबन्धनकै आधारमा मधेस सरकार पुनर्गठन हुन्छ : अध्यक्ष यादव


काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घ सरकारमा भएको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार पुनर्गठन हुने बताएका छन् ।

शुक्रबार जनकपुरमा पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

केही दिनभित्रै मधेस सरकार पुनः गठन हुने दाबीसहित उनले संघीय सरकारमा भएको गठबन्धन अनुरूप नै मधेस सरकारमा पनि गठबन्धनको सरकार कायम रहने बताए ।

मुख्यमन्त्रीमा आलोपालो हुने भएपनि अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने उनको दाबी छ ।

प्रतिक्रिया