म्याग्दीमा ‘लम्की स्किन’ देखियो


म्याग्दी – म्याग्दीमा पालिएका गाईगोरुमा ‘लम्की स्किन’ रोग देखिएको छ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएर पशुधनको क्षति गरेको ‘लम्की स्किन’ म्याग्दीमा पनि भित्रिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले रघुगङ्गा गाउँपालिकाको पाखापानी, झिँ, अन्नपूर्णको हिस्तान दोसल्ले, मङ्गलाको खुम्ल्याह र धवलागिरि गाउँपालिकाको मुनामा लम्की स्किन देखिएको बताए ।

‘कृषकले जानकारी गराएपछि गोठमा पुगेर बिरामी गाईगोरुको नमूना सङ्कलन गरी पोखरास्थित पशु रोग प्रयोगशालामा पठाएका थियौँ’, उनले भने, ‘प्रयोगशालाले लम्की स्किन भएको पुष्टि गरेको छ । कृषकलाई सतर्कता अपनाउन र लम्की स्किनविरुद्धको खोप लगाउन अनुरोध गरेका छौँ ।’

गाईलाई ज्वरो आउने र शरीरमा फोका देखापर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका कृषकले बताएका छन् ।

प्रतिक्रिया