

वरिष्ठ प्रहरी अधिकृत सहितको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान

काठमाडाैं – लिडरशीप एक्सजेन्ज कार्यक्रममा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली सोमबार अमेरिका प्रस्थान गरेको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यसँगै कार्यक्रममा सहभागी हुने टोलीका अन्य सदस्यहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र बहादुर धामी र प्रहरी उपरीक्षक सन्तोष खड्का रहेका छन् ।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी नायव महानिरीक्षक लगायत प्रहरी अधिकृतहरूले शुभकामनासहित विदाइ गरे ।
वैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी. र न्यूयोर्कमा संचालन हुने उक्त कार्यक्रममा भाविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यस सम्बन्धी ज्ञान तथा अनुभव आदान प्रदान हुने छ । कार्यक्रमबाट नेपाल र मित्रराष्ट्र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।

