
टुकुचा खोलामाथि पर्ने जग्गाको लगत कट्टा गर्न मन्त्रालयलाई महानगरको पत्र
काठमाडाैं – काठमाडौं महानगरपालिकाले टुकुचा खोलामाथि पर्ने जग्गाको लगत कट्टा गर्न मन्त्रालयलाई पत्र पठाएको छ ।
उच्च अदालत पाटनले टुकुचा खोला भएको र त्यो माथि व्यक्तिगत सम्पत्ति रहेको आदेश दिएपछि सोमवार महानगरपालिकाले खोलामाथि पर्ने जग्गाको लगत कट्टाको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेखेको हो ।
‘टुकुचा खोला तथा सोको क्षेत्राधिकार भित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने प्रष्ट देखिन्छ । टुकुचा खोलाको क्षेत्राधिकारभित्र पर्ने जग्गामा निजी तवरमा निर्मित भौतिक संरचना समेत स्वतः अवैध हुन जाने देखिन्छ’ महानगरको पत्रमा भनिएको छ ।
‘हात्तिसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशिघ्र व्यक्ति विशेषको नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध सम्बन्धमा आवश्यक कारवाहीको लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ’ महानगरको पत्रमा उल्लेख गरिएको छ ।



कागजपत्र |
