समाचारप्रति एसपी गुरुङले गरे खण्डन


काठमाडौं – प्रहरी उपरीक्षक नान्तीराज गुरुङले यस न्यूजपोर्टलमा प्रकाशित समाचारको खण्डन गरेका छन् । यस अनलाइनन्यूज७ मा मिति २०८० वैशाख १६ गते प्रकाशित ‘आईजी कुँवरलाई बहालवाला एसपीको चुनौती !’ शीर्षकको समाचार उनले खण्डन गरेका हुन् ।

उक्त समाचारमा भनिए जस्तो सत्यता नभएको भन्दै एसपी गुरुङले समाचार प्रकाशित हुँदाको बखत आफू बुवाको उपचारका लागि बिदा लिएर बसेको जनाउँदै उक्त अभिव्यक्ति समाचार प्रकाशन गर्ने प्रयोजनका लागि नदिएको दाबी गरेका छन् । त्यसबखत केही निजी साथीहरुसँग बढुवा प्रक्रियामा असन्तुष्टी जनाए पनि सञ्चारमाध्यममा आए जस्तो समाचार प्रकाशनका लागि अभिव्यक्ति नदिएको पनि गुरुङले जनाएका छन् ।

*उक्त समाचार प्रकाशनको क्रममा निजलाई परेको असुविधाप्रति दुःख व्यक्त गर्दै सम्बन्धित व्यक्तिको मान मर्दनमा कुनै फरक नपरोस् भन्ने अपेक्षा गर्दछौं ।

 

प्रतिक्रिया