नेप्से १६.९३ अंकले घट्यो


काठमाडौं – सेयर बजार लगातार घट्दै गएको छ । अर्थतन्त्र मन्दीमा गएको तथ्यांकहरु प्रकाशित भएसँगै सेयर बजार घट्दो क्रममा देखिएको हो ।

गत बिहीबार दोहोर अंकले बढेर बन्द भएको सेयर बजार परिसूचक नेप्से आइतबार १९ अंकले गिरावट भएकोमा सोमबार लगातार दोस्रो दिन पनि दोहोरो अंकको गिरावट भएको छ ।

सोमबार सेयर बजार परिसूचक नेप्से १६.९३ अंकले गिरावट भएर १८३३.६९ अंकमा बन्द भएको छ । सोमबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । सोमबार होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.४४ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.८९ प्रतिशत र जिवन बीमा उपसूचक १.३१ प्रतिशतले गिरावट भएको छ । यस्तै निर्जीवन बीमा उपसूचक १।२५ प्रतिशत र वित्त कम्पनी उपसूचक १.१९ प्रतिशतले गिरावट भएको छ ।

 

प्रतिक्रिया