ढाकाकुमारको सांसद पद तत्काल खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि खारेज नगर्न ऋनत्ीरम् ऋँद्येश् ज्ँर िग्रेक्ँे छ ।

मन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडियो प्रकरणका कारण रास्वपाले सांसद र पार्टी सदस्यबाट निष्कान गरेपछि श्रेष्ठले आफूमाथिको कारबाही गैरकानुनी भएको दाबीसहित दायर गरेको रिटमा सर्वोच्चद्वार अन्तरिम आदेश जारी गरेको हो ।

आज (सोमबार) न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई सांसदबाट हटाउने निर्णय तत्काल कार्यान्वन नगर्न आदेश दिएको हो। अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। एकल इजलासले कारण देखाउ आदेशसमेत जारी गरेको छ।

रास्वपाको केन्द्रीय समितिको निर्णय दिएपछि सभामुख देवराज घिमिरेले उनी पदमुक्त भएको सूचना जारी गरेका थिए ।

प्रतिक्रिया