बालिका बलात्कार आरोपमा दुईजना पक्राउ


उदयपुर – १३ वर्षीया र १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका- १० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका- ४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका- ३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया