

कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको पृथ्वीनारायण नगरपालिका-१० तेलकट घर भई हाल काठमाडौं महानगरपालिका- २६ नया वसपार्क बस्ने ३१ वर्षीय सुदिप लामा तामाङ रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वेदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
उनले वैदेशिक रोजगारीको लागि कम्बोडिया जानको लागि पीडितहरुबाट ३१ लाख रुपैयाका ठगी गरेको प्रहरीको आरोप छ ।

