कन्द्रा नदीमा पाँच वर्षीय बालक मृत फेला


धनगढी – कैलालीमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन् ।

भजनी नगरपालिका–९ आमबारीका गंगाराम चौधरीको पाँच वर्षीय छोरा जिराज चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

कान्द्रा नदीमा उनी शनिबार मृत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया