पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाउन निर्णय भइसक्यो : अर्थमन्त्री 


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाउने निर्णय भइसकेको बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले मन्त्रिपरिषद्बारा नै पेट्रोलियम पदार्थको कर घटाउने निर्णय भइसकेको जानकारी दिए ।

सोहीअनुसार मूल्य समायोजन गर्ने निर्णय भइसकेकाले अब पेट्रोलियम पदार्थको मूल्य घट्ने उनले बताए ।

अब निगमलाई कर छुट दिने निर्णयको पत्राचार हुँन बाँकी रहेको उनको भनाइ छ । एकदुई दिनमा प्रक्रिया पूरा गरेर पत्राचार भएपछि मूल्य समायोजन हुने शर्माले बताए ।

प्रतिक्रिया