


बुढानिलकण्ठबाट २ हजार लिटर भन्दा बढी ‘मह’सहित एक पक्राउ

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट २ हजार लिटरभन्दा बढी अखाद्यवस्तुसहितको मह बरामद भएको छ ।
विभिन्न अखाद्य वस्तु मिसाएर मह बनाउएको आरोपमा बुढानिलकण्ठ नगरपालिका वडा नं. २ बाट गार्डेन अपाएरी उद्योग प्रा.लि.का सञ्चालक पवन सत्याल पक्राउ परेका छन् ।
बुढानिलकण्ठ प्रहरी प्रभागबाट खटिएको एक प्रहरी टोली उक्त परिमाणको बिक्री गर्नका लागि तयार अवस्थामा राखिएको महसहित सत्याललाई पक्राउ गरिएको प्रहरी निरिक्षक दिपेन्द्र चन्दले जनाए ।
उक्त मह उद्योगमा छापा मारी प्रहरीले ठूलो परिणामको कच्चा पदार्थसमेत बरामद गरेको चन्दले जनाए ।

