


रास्वपाद्वारा ३६ वटा विभाग गठन- स्वर्णिम अर्थ नीति विभाग प्रमुख, अरु कुनमा को ? (सूचीसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा ३६ वटा विभाग गठन गर्दै विभागीय प्रमुखहरु तोकेको छ । आज (सोमबार) बसेको केन्द्रीय समिति बैठकले विभाग गठन गर्दै कार्यविभाजन गरेको हो ।
रास्वपाको आज बसेको बैठकले विभाग गठन गर्नुका साथै भएको विभाग अध्यावधिक र विभाग प्रमुख तोकेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । प्रवक्ता ढकालका अनुसार स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
डा।मुकुल ढकाललाई प्रचार तथा प्रशिक्षण विभागको प्रमुख तोकेको छ भने संगठन विभागमा कविन्द्र बुर्लाकोटी तोकिएका छन् । त्यस्तै भियान तथा प्रचार प्रसार विभागमा विपिन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन् ।

