बुढानिलकण्ठबाट सिआईबी प्रहरी भन्दै धम्क्याउँदै हिँड्ने शाही पक्राउ


काठमाडौं – सिआईबी प्रहरी भनी धम्क्याउने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरी प्रभाग बूढानिलकण्ठबाट खटिएको एक टोलीले आफूलाई सिआईबी प्रहरी बनी खाजा खाएको पैसा नदिई पसलेलाई धम्क्याएको आरोपमा अशोक कुमार शाहीलाई पक्राउ गरेको छ ।

जाजरकोट जुनचाँदी गाउँपालिका वडा नं. ६ घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ बस्ने शाहीले ‘म सिआई बाट खटिएको  बूढानिलकन्ठ एरियामा हर्ने सिआईबी प्रहरी हुँ भनी अन्जली खाजा घरमा म सिआईबी प्रहरी हो भनी होटलमा खाएको पैसा माग्दा उल्टो पसल सिल गर्छु भनि धाक धम्की दिईरहेको भन्ने खबर प्राप्त हुनासाथ उक्त टोलीले पक्राउ गरेको हो ।

निजलाई अहिले आवश्यक अनुसन्धान पश्चात कानुनी कार्रबाहीको लागी प्रहरी बृत महाराजगंजमा पठाईएको बुढानिलकण्ठ प्रहरी प्रभागले जनाएको छ ।

प्रतिक्रिया