प्रचण्ड–नेपाल समुहको प्रदर्शनमा देशभरका कार्यकर्ता काठमाडौंमा


काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समुहको बृहत् विरोधसभामा सहभागी हुन विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं भित्रिएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा विभाजन भएर शक्ति प्रदर्शन गर्दै आएको छ ।

माघ २३ गते नेकपा ओली पक्षले बृहतसभा गरेर २ लाख मानिस उतारेको बताउँदै आएका छन् । नेकपा प्रचण्ड–नेपाल समुहले पनि आज ३ लाख मानिस उतार्ने दाबी गरेका छन् ।

आजको प्रदर्शनका लागी नेकपा प्रचण्ड–नेपाल समुहले देशभरबाट कार्यकर्ता काठमाडौं ल्याएको हो । ट्राफिक प्रहरीका अनुसार अहिले बिहान आठ बजेसम्ममा नागढुंगा र साँगा नाकाबाट मात्रै झन्डै ५०० को संख्यामा ठूला बस भित्रिसकेका छन् ।

ललितपुरको भट्टेडाँडा हुँदै मकवानपुरबाट नेकपाका कार्यकर्ता काठमाडौँ आउँदै गरेको नेकपा मकवानपुरले जनाएको छ। बाराको विभिन्न स्थानीय तहबाट ६५ वटा गाडी र सुमो खचाखच कार्यकर्ताहरूसहित काठमाडौ आइपुगेको छ ।

प्रतिक्रिया