फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य


काठमाडौँ । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य बढाएको हो । निगमले एक सातामै दुई पटक पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

बढेको मूल्यपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा चेलको भाउ बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नु निगमको दाबी छ ।

यसअघि आयल निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो । निगमले इन्डियन आयल कर्पोरेसनको १ फेब्रुअरीको मूल्यको आधारमा माघ २८ गते र १६ फेब्रुअरीको मूल्यको आधारमा मंगलबार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको दावी गरेको छ ।

 

प्रतिक्रिया