चुनाव चिन्ह र पार्टी नहुने ओलीले कसरी चुनाव गराउँछन् : रामप्रसाद सापकोटा


सुर्खेत – नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा (दिपशिाखा) ले बैशाख १७ मा मध्यावधि चुनाव नभएर प्रधानमन्त्री ओलीको पतनको  दिन भएको बताएका छन् ।

मंगलबार युवा संघ दैलेखले आयोजना गरेको विरोध आमसभामा बोल्दै युवा नेता सापकोटाले सो कुरा बताएका हुन् । बैशाख १७ मा चुनाव हुदैन । ओलीको चुनाव गराउने नियत पनि होइन । चुनाव चिन्ह र पार्टी नहुने ओलीले कसरी चुनाव गराउँछन् भनेर प्रश्न गरेका छन् ।

विधान अनुसार सुर्य चिन्ह हाम्रो हो, नेकपा हाम्रो हो । जो सँग बढी बहुमत छ । सुर्य चिन्ह र पार्टी उसैको हुन्छ । ४४१ जना मध्ये माधव प्रचण्डमा ३०० जना सदस्यको बहुमत रहेको जानकारी दिए ।

‘चुनाव चिन्ह र पार्टीको ठेगाना नभएकाले कसरी चुनाव गराउँछन्,’ नेता सापकोटा प्रश्न गरे । ‘बरु बैशाख १७ मा ओली पतन भएर जान्छन् । बैशाख १७ को दिन ओलीको पतनको डेट हो,मृत्यु डेट हो,’ उनले भने, ‘प्रधानमन्त्रीलाई कमरेड,स्वच्छ छवि भएका मन पर्दैन । उहाँ ‘बा’ भन्नेलाई  मनपराउँछन् । बा भन्नेहरु सामन्तवादी हुन् त्यो कुरा कम्युनिष्टमा हुदैन । पञ्चमा हुने गर्दछ ।’

प्रतिक्रिया