नेपाल प्रहरीका ७ एसपीको सरूवा, चितवनमा अधिकारी (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीले प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागद्वारा मंगलबार प्रकाशित सूचनाअनुसार ७ जना एसपीहरुको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार दिप शम्शेर जबरा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं १ नक्सालमा सरुवा भएको छ । त्यस्तै रेवती ढकाल काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ मा सरुवा भएका छन् । त्यस्तै भोलाबहादुर रावल विशेष सुरक्षा प्रहरी गणमा सरुवा भएका छन् ।

त्यस्तै किसन सिंह थापा नेपाल प्रहरी पहरा गण सामाखुशीमा सरुवा भएका छन् भने विकास राज खनाल काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा सरुवा भएका छन् ।

सर्वाधिक चासोको जिल्ला मानिएको चितवन जिल्ला प्रहरी कार्यालयमा ओम प्रसाद अधिकारीले बाजी मारेका छन् । उनी यसअघि सिनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत थिए । त्यस्तै यसअघि जिल्ला प्रहरी कार्यालय चितवनमा रहेका नान्तीराज गुरुङको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ ।

सूचनाः

No photo description available.

No photo description available.

 

प्रतिक्रिया