तस्करले हत्या गरेका जवान साउदको शव भेटियो, फरुवाले हानेर मारियो !


कैलाली– शनिबारदेखि बेपत्ता भएका अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव नेपाल–भारत सीमास्थित मोहना नदीमा फेला परेको छ ।

शनिबार राति नियमित गस्तीमा खटिएका असई गोविन्द विकको विभत्स हत्या गरेको अवस्थामा सोही नदीमा शव फेला परेको थियो । उनीसँगै खटिएका जवान साउद वेपत्ता थिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार साउदको शव भेटिएको हो । असई विकको शव भेटिएको स्थानभन्दा नेपाल तिरै करिब ३०० मिटर वर साउदको शव फेला परेको हो ।

प्रहरीले हत्यामा संलग्न आशंकामा अहिलेसम्म १६ जनालाई पक्राउ गरिसकेको छ । तस्कर समूहले उनीहरूमाथि आक्रमण गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्रोतका अनुसार पक्राउ गरिएका मध्ये ६ जनाको बयानमा फरुवाले हानेर हत्या गरिएको भन्ने छ । यद्यपि यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया