हराएका २५ मोटरसाइकल फेला, कसरी भेटिन्छन् हराएका मोटरसाइकल ?


काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रमको आयोजना गरी भेटिएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

उपत्यकाका विभिन्न ठाउँबाट हराएका मोटरसाइकल बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तीनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगञ्ज, कलंकीलगायतका ठाउँबाट फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए ।

​प्रमुख भट्टराईले मोटरसाइकल हराउने अवस्था रोकी सवारी धनीलाई मानसिक र आर्थिक क्षतिबाट कसरी बचाउन सकिन्छ भन्नेबारे आफूले उपाय खोजिरहेको बताए । सवारी धनी स्वयंले सवारी हराउनु हुन्न भन्नेमा चिन्तित भएर अतिरिक्त सुरक्षाको व्यवस्था गरे हराउने क्रम घट्न सक्ने उनले बताए ।

ट्राफिक प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल र स्कुटर खोज्ने कामलाई तीव्रता दिएको प्रमुख भट्टराईले बताए।

 

प्रतिक्रिया