महिला लिग फुटबलः विराटनगर माथि पुलिस क्लबकाे सहज जित


काठमाडाैं –राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकामाथि विभागीय नेपाल पुलिस क्लबले ३–० को सहज जित हात पारेको छ।  एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा पुलिसको जितमा फरवार्ड निरु थापाको दुई गोलमा निर्मला उपाध्ययले थप एक गोल गरिन्।

यससँगै पुलिसले पहिलो राउन्डमा भोगेको हारको बदला लिन सफल भएको छ। पुलिस पहिलो राउन्डमा १–० ले स्तब्ध भएको थियो। खेलको २३औं कप्तान घिम कुमारी गुरुङको फ्रिकिकमा निरु थापाको फ्रि हेडर पोस्टनजिकैबाट बाहिरियो। ३१औं मिनेटमा निर्मला बिकेको प्रहारलाई बिराटनगरकी कप्तान कल्पना कार्कीले बचाइन्।

४१औं मिनेटमा निर्मला उपाध्ययले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाइन्। निर्मला उपाध्यय र निर्मला बिकेको समन्वयमा बनेको मुभमा उपाध्ययको प्रहार डिफ्लेक्ट भएर गोलमा परिणत हुदा गोलरक्षक कल्पना कार्कीले रोक्ने कुनै मौका नै पाइनन्।

५७औं मिनेटमा निरु थापाले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन्। निर्मला उपाध्यायको प्रहारलाई गोलरक्षक कल्पन कार्कीले राम्ररी नियन्त्रणमा लिन नसकेको बललाई निरुले जाली चुमाएकी थिइन्। ६०औं मिनेटमा निरु थापाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पुलिसलाई ३–० को सहज जित दिलाइन्। पेनाल्टी बक्समा सरिता शेर्पाले क्लियर गर्न नसकेको बललाई निरुले जाली चुमाएकी थिइन्।

यस जितसँगै पुलिस ८ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। वालिङसँग समान ११ अंक रहेपनि हेड टु हेडमा पुलिस पछि परेको हो। पहिलो राउन्डमा यि दुई टोलीले पहिलो राउन्डमा १–१ गोलको बराबरी खेल्दा दोस्रो राउन्डमा वालिङ १–० ले विजयी भएको थियो।

पराजित विराटनगर ८ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा झरेको छ। लिगमा बुधबार चन्द्रपुर नगरपालिका रौतहट र नेपाल एपिएफ क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया