

लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुर – बेलौरी नगरपालिका–६ विद्यानगरबाट लागूऔषध सहित २ जनालाई प्रहरी पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सुमित राना र कैलाली धनगढी उपमहानगरपालिका–७ मनहेरा बस्ने १५ वर्षीय किशोरलाइ खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ७५ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालयका अनुसार से.७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

