

कलंकीको गार्मेन्टमा आगलागी, घटनास्थलमा भेटियो मानवअंग, सवारी चालक बेपत्ता

काठमाडौं — कलंकीस्थित बजरंग गार्मेन्ट उद्योगमा शुक्रबार राति साढे ११ बजे भएको आगलागीमा परेर एक जना बेपत्ता भएका छन् ।
आगलागीबाट गार्मेन्टका उपकरण, लत्तापकडा लगायत जलेर नष्ट भएको भएको छ । घटनापछि गार्मेन्टका लागि सवारी चालकका रुपमा काम गर्ने दोलखाको भीमेश्वरका भूपेन्द्र बस्नेत बेपत्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल बताउँछन् ।
डोजरले आगलागी भएको स्थानमा खोजी गर्ने क्रममा खुट्टा र शरीरका केही अंग भेटिएको पनि प्रहरीले जनाएको छ । तर, ती मानवअंग बस्नेतको हो कि होइन परिक्षण पछि मात्र यकिन हुने प्रहरीले जनाएको छ । क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ ।

