उपनिर्वाचन : चितवन-२ मा ३७ प्रतिशत मत खस्यो


चितवन – चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको छ ।

सहायक मतदान अधिकृत ईश्वरी आचार्यले १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको जानकारी दिए ।

उनका अनुसार बिहानैदेखि चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ ।

यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया