हेलिकोप्टरबाट ८ महिने बिरामी शिशुको उद्धार


बाजुरा – बाजुरामा ८ महिने शिशुको हेलिकोप्टबाट उद्धार गरिएको छ। जिल्लाको माहावु गाउँपालिका-४ का प्रिखोलाका बखत बहादुर शाहीकी ८ महिनाकी छोरी टेनिशाको नेपाली हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

शाहीको नेपाली सेनाको एनए ०५५ नम्बरको हेलिकोप्टरबाट उद्धार गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपति दिवाकर खड्काले बताए।

मुगु जिल्लाको रातापानी कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याएको र कोल्टिमा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल बाजुरामा ल्याए पनि जिल्ला अस्पताल बाजुरामा पनि उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।

२ दिनसम्म कोल्टिमा जहाजको पर्खाइमा बस्नुपरेको उनकी आमा बिन्देश्वरीले बताइन्। दुई दिनसम्म पनि हवाइजहाजले लिन नमानेपछि उनले शुक्रबार राति जिल्ला अस्पताल बाजुरामा ल्याएकी थिइन्।

प्रतिक्रिया