कपनमा चक्कु प्रहारबाट एक महिलाको मृत्यु


काठमाडौं – काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।

चक्कु प्रहारबाट पसलमा बसिरहेकी निरु पाण्डे भट्टराईको मृत्यु भएको जनाइएको छ ।

बिहीबार अपराह्न चक्कु प्रहार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली घटनास्थल पुगेको थियो ।

काठमाडौंका एसपी सिताराम रिजालले प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको बताए ।

प्रतिक्रिया