पर्साबाट ११८ केजी चरेससहित ३ जना पक्राउ


पर्सा – पर्साको पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट अवैध लागुऔषध चरेससहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ११८ केजी चरेस र अवैध लागुऔषध गाँजा ४ केजीसहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका(५ बस्ने ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुर रक्सीराङ गाउँपालिका-८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तथा टहरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर लागुऔषध सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया