सम्पत्ति शुद्धिकरणका डिएसपी क्षत्रीको घरमा नियमविपरित घरेलु कामदारमा सिपाही


काठमाडौं– सम्पत्ति शुद्धिकरण तथा अनुसन्धान विभागका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रदिप क्षत्रीले एक जना प्रहरी जवानलाई नियमविपरित घरेलु कामदारमा खटाएका छन्।

विभागमै दरबन्दी भएका प्रहरी जवान वीरेन्द्र धामीलाई बुढानिलकण्ठस्थित क्षत्रीको घरमा कामदारका रुपमा खटाइएको हो। यसमा प्रहरी नायव निरिक्षक (सई) अरुण उप्रेतीले डिएसपी क्षत्रीलाई नियमविपरित सिपाही कामदार राख्न सहयोग गरेको पनि खुलेको छ।

जवान धामीले महिनामा एक दिन विभागमा जाने र महिनाभरीको हाजिरी गर्दै आएका छन्। तर काम भने डिएसपी क्षत्रीको घरमा गर्दै आएको बताइएको हो। सई उप्रेतीले हाजिरी मिलाउनका लागि समन्वय गर्दै आएका हुन्।

यसअघि निजामति कर्मचारीको कार्यकक्षमा हुने प्रहरी कर्मचारीको पनि हाजिरी खाता प्रहरीकै कार्यकक्षमा लगिएपछि डिएसपी क्षत्रीको यस्तो मनोपोली चलेको स्रोतले बतायो।

विभागमा कार्यरत प्रहरी उपरिक्षक (एसपी) रवीन्द्र रेग्मीले यस विषयमा जानकारी लिएर आवश्यक कारबाही गर्ने बताए। 

प्रतिक्रिया