काठमाडौं सिडिओ कार्यालयका नायब सुब्बा गाैतम पक्राउ


काठमाडौं — तिब्बतियन नागरिकलाई नेपाली नागरिकता लिनका लागि सहयोग गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा पक्राउ परेका छन् । प्रहरीले सोधपुछका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका नासु देवराज गौतमलाई पक्राउ गरेको हो ।

तिब्बतियनलाई नागरिकता दिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत ९ मा ५ जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका क्यान्टिन सञ्चालक विजय लामा सहितको ‘सेटिङ’ मा उनीहरुले तिब्बत घर भएका लोब्साङ ठिन्लेलाई नागरिकता बनाइदिएको आरोप छ ।

झापाको कचनाकवल गाउँपालिका–३ घर भएका कृष्णबहादुर कटुवालले नागरिकता बनाउन आवश्यक कागजात बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नागरिकता प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया