

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जनकपुरधाम : धनुषामा आफैंले चलाएको ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-३ का २९ वर्षीय विष्णु बहादुर फुयाँल रहेको प्रहरीले जनाएको छ।
सोमबार बिहान ज १ च ३४३७ नम्बरको ट्रयाक्टर लिएर बटेश्वर गाउँपालिका-५ शान्तिपुर जाने क्रममा महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।
तीव्र गतिमा रहेको सो ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।

