दुर्घटना न्यूनीकरणमा महानगरीय वृत्त ललितपुरको अन्तक्रिया


ललितपुर – महानगरीय ट्राफिक प्रहरी वृत्त जावलाखेलले दुर्घटना न्यूनीकरणमा विशेष अभियान चलाउने तयारी गरेको छ । शनिबार वृत्तद्वारा दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि जनचेतनामूलक अन्तरक्रिया गरेको छ ।

प्रहरी बरिष्ठ उपरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रियामा दुर्घटना न्यूनीकरणका लागि सडक प्रयोग कर्ता, चालक र ट्राफिकको भूमिकाको बारेमा प्रकाश पारिएको थियो ।

उक्त अवसरमा बज्राचार्यले सवारी दुर्घटना न्यूनीकरणमा मुख्य भूमिका सडक प्रयोग कर्ता, सवारी चालक अनुशासित भई सडक प्रयोग गरेको अवस्थामा सडक दुर्घटना न्यूनीकरण गर्ने सक्ने बताइन् । उक्त अवसरमा उनले सचेत रहौं, सुरक्षित रहौं भन्ने कुरामा जोड दिँदै आफूले प्रयोग गर्ने सवारी साधनको अवस्थाका बारेमा पनि सचेत रहन अनुरोध गरेकी थिइन् ।

उक्त अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दुर्घटना न्यूनीकरणको लागि सबै जना आ आप्mनो तर्फबाट सचेत हुनुपर्ने र ट्राफिक नियम पालना गरी तीब्र गतिमा सवारी साधन चलाउन नहुनेकुरामा जोड दिएका थिए ।

उक्त अवसरमा ललितपुर महानगरपालिका वडा नं. ३ र ४ का वडाध्यक्ष, स्थानीय संघ संस्था, टोल सुधार समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया