११ वर्षीया छात्रालाई बलात्कारको आरोप लागेका शिक्षक फरार, प्रिन्सिपल पक्राउ


जनकपुर – धनुषाको सबैला नगरपालिकाको एक निजी विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक फरार भएका छन् ।

सबैला वडा नं. ३ स्थित सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक दीपेन्द्र यादवले बुधबार जबर्जस्ती गरेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकृष्ण देवकोटाले उक्त घटनाबारे बुझ्न खोज्दा भिडभाडमा रहेको भन्दै थप जानकारी दिन नसक्ने बताए ।

विद्यार्थीका अनुसार विद्यालयको शौचालयबाट शिक्षक र छात्रा एकसाथ निस्केको उनीहरूले देखेपछि शिक्षक भागेका थिए । छात्राले आफूलाई शिक्षक यादवले शौचालयमा थुनेर जबर्जस्ती गरेको बताएकी छन् ।

प्रहरीले छात्रालाई प्रादेशिक अस्पताल जनकपुरधाम लगेर स्वास्थ्य परीक्षण गराएको छ । तर, आरोपी शिक्षक भने पक्राउ परेका छैनन् ।

सबैला प्रहरीले बोर्डिङका प्रिन्सिपल हरि श्रेष्ठलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया