

आज लुम्बिनी र प्रदेश १ का यी स्थानमा दिनभर बिजुली काटिने

काठमाडौँ – प्रदेश १ र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा आज दिनभरजसो विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले जारी गरेको तालिकाअनुसार प्रदेश १ र लुम्बिनी प्रदेशका ३ /३ वटा फिडरबाट प्रवाहित विद्युत् अवरुद्ध हुनेछ। प्रदेश १ को धरान फिडरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् बन्द हुनेछ। लुम्बिी प्रदेशको नेपालगन्ज वितरण केन्द्रमा दिउँसो साढे १२ देखि साढे ४ बजेसम्म बिजुली आउने छैन।
यस्तै, नेपालगञ्जकै एयरपोर्ट फिडरमा बिहान ११ बजेदेखि दिउँसो साढे १२ बजेसम्म विद्युत् काटिने प्राधिकरणले जनाएको छ। जसका कारण सुर्खेत रोडको पश्चिमी क्षेत्र र कारकाँदो चोकदेखि राझासम्म बिजुली जानेछ।

